STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पोखरामा टेलिफिल्म तथा वैवसिरिज अवार्ड र फुटबल प्रतियोगिता हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ १८, बिहिबार

पर्यटन गन्तव्यको एक उत्कृष्ट स्थानको रुपमा रहेको  पोखरा शहरमा नेशनल बक्स अफिस टेलिफिल्म / तथा वैव सिरिज अवार्ड आयोजना हुने भएको छ । गत सिजन यो अवार्ड राजधानीकोमै सम्पन्न भएको थियो भने अहिले मुलुकको पर्यटकिय शहर पोखरामा हुन लागेको हो। बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्टर्स फेडरेशन ( विश्व कलाकार महासंघ ) ले हरेक बर्ष नियमित रूपमा आयोजना गर्दै आएको नेपालको एकमात्र  टेलि तथा वैव सिरिज  अवार्ड  २०८० संस्करण पर्यटकिय शहर पोखरामा गर्ने निर्णय गरेको हो । 

टेलिभिजनमा नियमित  प्रशारण भईरहेका टेलिफिल्म मध्ये बाट अहिले  उत्कृष्ट १०  टेलि चलचित्रको उत्कृष्ट  भिडियो छनोट कार्य भैरहेको कुरा आयोजक संस्थाले जानकारी  गराएको छ  । टेलिभिजनमा मात्रै आउन्ने टेलि चलचित्र  लगायत युटुवमा मात्रै प्रशारण हुने उत्कृष्ट १० वेब सिरिजलाई  मनोनयनमा राख्ने कुरा अवार्ड अध्यक्ष रामबाहादुर सुवेदी ( आर के ) ले बताउन्नु भएको छ । आयोजक संस्थाले अहिले बजारमा देशभरबाट बनिरहेको उत्कृष्ट वैवसिरिजहरुको खोजी जारी राखेको छ ।

अवार्ड कार्यक्रममा २०८० को सर्वोत्कृष्ट टेलिफिल्म तथा वेब सिरिजको बास्ताबिक दस्तावेज निर्माण गर्ने  मुख्य लक्ष्य भएकोले सम्पुर्णमा  अवार्डमा उत्साहजनक सहभागी हुन उनले  अपिल  समेत गरेको छ।

अवार्डमा उत्कृष्ट टेलिफिल्म तथा वेब सिरिज , संगितकार,गीतकार,गायक,गायिका ,अभिनेता ,अभिनेत्री ,चरीत्र अभिनेता ,चरित्र अभिनेत्री ,खलनायक,निर्देशक , नव निर्देशक ,नव नायक,नव नायिका, सम्पादक ,नृत्य निर्देशक,छांयाकार,कलर करेक्सन,शृंगार,कथा ,पटकथा संवाद  गरी कुल २४ बिधाको मुख्य बिधाहरु  अवार्डमा समिटिएको छ  ।

Categorized in सिनेमा