पोखरामा आत्मदाहको प्रयास
Janjati Khabar – Janjati Khabar | २०७९ माघ १५, आइतबार
काठमाडौं - पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।
ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए । “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते भएकाे ”, उनले भने, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
एक साता अघि इलामका प्रेमप्रसाद आचार्यले नयाँबानेश्वरकाे संसदभवन अगाडि आत्मदाह गरेका थिए ।गम्भीर अवस्थामा उपचारका लागि किर्तीपुर पुर्याइएका आचार्यकाे उपचारकाे क्रममा भाेलिपल्ट निधन भएकाे थियाे ।
Categorized in अपराध-दुर्घटना

