पोखराका होटल असोजसम्म बन्द हुने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार
काठमाडाैं - नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् ।
कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।
लकडाउन कतिसम्म जाने हो निश्चित नभएकाे र लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव नसकिने भएकाेले तत्काल विदेशी पर्यटक नआउने संघले जनाएकाे छ ।
अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आए पनि डुल्न जाने ठाउँ नभएकाे, समाजमा डर त्रास नहटेको र कोरोनाका कारण होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अझै एक/दुई वर्ष लाग्ने पनि संघले जनाएकाे छ ।
Categorized in राष्ट्रिय