STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो, ग्यासको मूल्य घट्यो

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १६, मंगलबार

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको हो ।

बैठकले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । आज राति १२ बजेदेखि निर्धारण भएको नयाँ मूल्य लागू हुने जारी सूचनामा उल्लेख छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० कायम गरिएको छ । साथै, ह्वाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

Categorized in बिजनेस