STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ वृद्धि

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३०, मंगलबार

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो।

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पर्नेछ।

ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ। 

 

Categorized in बिजनेस