STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघर मण्डलमा विद्यार्थीहरूको प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शनी गरेको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा एमालेनिकट भातृ संगठनका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएर पेट्रोलिय पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका हुन् ।

सरकारले केही दिनको अवधिमै दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई थप मर्कामा पारेको छ । जनताको जनजीविका नहेर्ने तर सरकार निरन्तर मूल्यवृद्धि गर्नमात्र लागिपरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘राष्ट्रघात, महंगी र भ्रष्टाचार, देउवा सरकारको उपहार,’ ‘जनभावनको कदर गर, मूल्यवृद्धि खारेज गर,’ ‘गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार,’ लगायत नाराहरु लगाएका थिए ।

Categorized in राजनीति