STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्व मन्त्री सुदन किरातिले भने पलपल बगिरहेछु

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २७, आइतबार

पूर्व पर्यटन मन्त्री सुदन किरातीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गरेका छन् । सोही समारोहमा " पलपल बगिरहेछु" गीतको भिडियो पनि सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाज रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक  भएको हो । प्रस्तुत गीतमा माननिय सुदन किरातीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ । सो थिडियोमा मतुवाली र आर्यन बीचको बाल्यकालको मायाँप्रेमलाई बिथोल्न खोजियता पनि कालान्तरमा उनिहरुको प्रेमले सार्थकता पाएको  देखाउन खोजिएको छ ।

 विशेष गरि पूर्वेली समाजमा देखिने वास्तविकतालाई उजागर गर्न खोजिएको गीतलाई योगेन मुकारुङले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ र मास्टरिङ्ग मिन विष्टले गरेका छन् । गाउँवस्तिको सुन्दर दृश्य कैद गरिएको भिडियोमा आर्यन सिग्देल, मल्लिका महत आदिको अभिनय रहेको छ भने बाल कलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्य शेर्पा रहेका छन् । सम्पादन बिकास धमला, क्यामरा उत्तम हुमगाई, निर्देशन निकेश खड्काको रहेको छ । बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले पलपल बगिरहेछ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=ndmxsCzA8hw&ab_channel=KankaistRaiOfficial

Categorized in साहित्य-कला