STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुष्प खडका र माला लिम्बुको सुहाएको जोडि झरीमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १०, बुधबार

युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नविन के भट्टराईको ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । सोही लोकप्रियको गीत अहिले फिमेल भर्सनमा आएको छ ।

गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूद्वारा स्वरबद्द गरेका छन् । उक्त गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।

म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृतिको भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको जोडि एकदमै सुहाएको भनि अहिले चर्चा चलिरहेको छ ।

‘ए झरी’ गीतमा संगीत अर्जिनल भर्सनलाई नै राखिएको छ अर्थात संगीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोटाको संगीत र डा. अरुण सायमीको शब्दरचना रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको यस गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । निर्देशकको क्रियशनलाई क्यामेरामा कैद गर्ने काम उत्तम हुमागाइँले गरेका छन् ।

गायिका अमृताको यो पछिल्लो गीत हो । गायिका अमृताको यसअघि ‘शीरैमा शीरफूल’, ‘झुम्के माया’, ‘लकुेर हेर्यौ जस्ता थप्रै गीत चर्चित छन् । कतिपय आफ्नो गीतको भिडियोमा मोडलिङसमेत गर्दै आएकी अमृता यसपटक भने देखिएकी छैनन् । भिडियोमा ‘ग्ल्यामरस लुक’ चाहिएकोले उनले  आफूले ‘ए झरी’मा मोडलिङ नगरेको अमृताले सुनाइन् । उनले भनिन्, ‘गीतको मागअनुसार ग्ल्यामरस लुक चाहिएको थियो । त्यसैले गरिनँ । तर, अरु गीतको भिडियोमा भने अवश्य मोडलिङ गर्छु ।’

आफ्नो यो पछिल्लो भर्सन गीतलाई दर्शक तथा श्रोतादले रुचाउने छन् भन्नेमा उनी विस्वस्त छिन् । अहिले झरीकै मौससमा भएको भन्दै उनले भनिन्, ‘यो सिजनल गीत जस्तै भएको छ । त्यसैले झरीमा रुझ्न चाहने दर्शक तथा श्रोताको मनमुटु छुन सक्नेछ भन्ने अपेक्षा लिएकी छु ।’

Categorized in साहित्य-कला