STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पिम नेपाल फिल्म फेस्टिभलमा " प्रकाश ” सर्वोत्कृष्ट

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १५, शुक्रबार

आर्यन सिग्देलले जिते सर्वोत्कृष्ट अभिनेता अवार्डं

पावर इन्टरनेशनल मिडियाको आयोजनामा हालै सम्पन्न पाँचौ पिम नेपाल फिल्म  फेस्टिभलमा बहु प्रशंसित चलचित्र " प्रकाश ” सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको छ । यसै चलचित्रका लेखक विकास सुबेदी बेस्ट राइटर अवार्ड जित्न सफल भए । 

नेपालको एकमात्र समावेशी चलचित्र महोत्सवको  रुपमा विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको पिम नेपाल फिल्म फेस्टिभल असार १३ गते आरम्भ भई १५ गते शुक्रबार सम्पन्न भएको हो ।

 फेस्टिभलमा " डिसेम्बर फल्स ” बाट नायक आर्यन सिग्देल बेस्ट एक्टरको अवार्ड जित्न सफल भए भने  " बगान ” बाट प्रमिला कार्की  बेस्ट एक्ट्रेस  अवार्ड जित्न सफल भइन् । यस्तैगरी " डेसान ” फिल्मले बेस्ट फिचर फिल्म जुरी अवार्ड अनि " लाखे ” बाट सम्राट बस्नेत बेस्ट निर्देशक फिचर फिल्म अवार्ड जित्न सफल भए । 

" लाखे ” बाट नै रोहित रुम्बा बेस्ट एक्टर  जुरी अवार्ड जित्न सफल भए । यस्तैगरी " नम्बरी सुन ” चलचित्र बेस्ट फिचर फिल्म  जुरी अवार्ड  अवार्ड र लघु चलचित्र 

" ऐना ”  बेस्ट शर्टफिल्म अवार्ड जित्न सफल भएको छ ।

अवार्ड प्राप्त गर्ने अन्य फिल्महरुमा " उच्च शिक्षा”  बेस्ट नेपालभाषा फिल्म र बेस्ट भोजपुरी फिल्म " मधेशीपुत्र २ ” , बेस्ट तामाङ्ग फिल्म " आप्लाङ ला नाम्सा ” र बेस्ट मैथली फिल्म "समय के खेला” घोषित भए ।

यो फेस्टिभलका क्रियटिभ डाइरेक्टर वरिष्ठ पत्रकार शान्तिप्रियको सभापतित्वमा सम्पन्न अवार्ड कार्यक्रममा चलचित्र र कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरु  संगीतकार शम्भुजित बासकोटा, नेपालको पहिलो चलचित्र " आमा” का तीन अभिनेत्रीहरु चैत्यदेवी,भुवन चन्द , बसुन्धरा भुसाल लगायत कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायतको विशेष आतिथ्यता रहेको थियो ।

आयोजक संस्था का प्रमुख माधवराज खरेलले आफ्नो स्वागत मन्तव्यमा पिम नेपाल फिल्म फेस्टिभल को मूल उद्देश्य भनेको नेपाल भित्र बोलिने विभिन्न भाषामा बनेका चलचित्र लाई पुरस्कृत गर्नु रहेको बताए ।

यो फेस्टिभलको संयोजन कमला जोशीले  गरेकि हुन् भने फेस्टिभल को अवार्ड समारोहमा " आमा ” चलचित्र बाट अभिनय शुरु गरी छ दशक भन्दा लामो समय सम्म पुर्याउनु भएको योगदानको कदर गर्दै अभिनेत्री भुवन चन्दलाई लाइफटाइम एचिभमेंट अवार्डं प्रदान गरिएको थियो भने बेस्ट फिल्म जर्नलिस्ट जुरी अवार्ड कुबेर गिरीलाई र जर्नालिज्म एक्सिलेन्सि अवार्ड कृष्ण कंडेललाई प्रदान गरिएको थियो ।

Categorized in सिनेमा