relans
ni new 83
nib 2082 5

पिम नेपालको अध्यक्षमा माधबराज खरेल चयन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन ३०, मंगलबार

पिम नेपाल अर्थात पावर ईन्टरनेशनल मिडिया नेपालको सोमबार भएको अधिवेशन तथा सम्मान समारोहमा संस्था को नया अध्यक्षमा माधबराज खरेल चयन भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट  सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माईल’, द्धितिय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवम् संचारकर्मी कमला कुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतिक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार राजन खरेल तथा सदस्यहरुमा राममणी ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’ लगायत निर्वाचित भएका छन् ।

संस्थाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता हरि बहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे र पत्रकार जिवन पराजुली निर्वाचन अधिकृत रहेको टिमले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गराएको हो ।

समारोहमा संस्थाले बार्षिक रुपमा विभिन्न ब्यक्तित्वहरुलाई गर्दै आईरहेको सम्मानलाई यो वर्ष पनि निरन्तरता दिएको छ । बिभिन्न बिधामा रहेर समाजमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा शारिरिक सुगठनका गोल्ड मेडलिष्ट खेलाडी संजीव श्रेष्ठ, साहित्यकार अनु शाह, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता सारदा श्रेष्ठ, संचारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायतकालाई सम्मान गरिएको हो ।

सम्मानित ब्यक्तित्वहरुलाई राष्ट्रगानका रचनाकार ब्याकुल माईला, चलचित्र कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौला, संगीतकार राजु शाह, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, गायक तथा पिम नेपालका सल्लाहकार सिताराम पोखरेल, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान र गायक तथा संगीतकार कन्हैया सिंह परियारले संयूक्त रुपमा सम्मान गरेका थिए ।

Categorized in साहित्य-कला
ppp 2