STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पारिजात अभिनव पुरस्कार चन्दलाई

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

अभिनव साहित्य समाजले यस वर्षको पारिजात अभिनव साहित्य तथा समाजसेवा पुरस्कार बैतडीकी बिमला चन्द ‘सानु’लाई प्रदान गरेको छ ।
समाजको २०७औँ मासिक साहित्यिक शृङ्खला र पारिजात स्मृति दिवस तथा ८३औँ जन्मजयन्तीको अवसरमा सो पुरस्कार दिइएको हो । पुरस्कारको राशि नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ । साहित्यकार वसन्त रिजाल र समाजको अगुवाइमा केही समयअघि  पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष स्थापना भएको थियो । 
कोषको ब्याजबाट प्रत्येक वर्ष एकजना साहित्यसेवीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले ‘वेदमणि’ जानकारी दिनुभयो । 
  साहित्यकार डिल्लीराज अर्यालले सो पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कार प्राप्त व्यक्ति र पारिजातको विषयमा मित्रलाल पँगेनीले प्रकाश पार्नुभएको थियो । 
Categorized in राष्ट्रिय