relans
ni new 83
nib 2082 5

पारसको ७७ नम्बर जर्सी अरु खेलाडीले प्रयोग गर्न नपाउने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २५, सोमबार


काठमाडाैँ - गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आएका थिए। क्रिकेटबाट सन्यास लिएको अवस्थामा उनले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने भने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आइतबार बसेको पदाधिकारी बैठकले खड्काको सम्मानमा क्रिकेट खेल्दा उनले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको हो । “खड्काको सम्मानमा ७७ नम्बरको जर्सी तत्काल कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने सहमति भएको छ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने । खड्काले नेपालको क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।

क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो । नेपालले ३३ वर्षीय खड्काको कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीयसम्मको सफलता प्राप्त गरेको थियो । खड्काले नै कप्तानी गरेको अवस्थामा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

Categorized in खेलकुद
ppp 2