STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाँच वर्षसम्म नेपाललाई जीटूजी मोडलमा मल दिन भारत सहमत

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ८, बुधबार

काठमाडौं - नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ ।

नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार पठाएकाे मन्त्रालयले जनाएकाे छ ।

सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको मन्त्रालयले जनाएको छ । दुई देश बीचको एमओयूपछि नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र समान स्तरको भारतीय सरकारी निकायबीच सम्झौता गरिनेछ ।

भारतबाट खरिद गरिने मल ग्लोबल टेण्डरबाट खरिद गरिने भन्दा सस्तो, गुणस्तीय र नेपालले मागेको समयमा उपलब्ध हुनेगरी सहमति भएको जनाइएकाे छ ।

नेपालले यसअघि २०१३ मा निश्चित परिमाणमा मात्रै मल भारतबाट जीटूजीमा खरिद गरेको थियो । त्यसयता जीटूजीका लागि नेपालले पटक पटक पहल गरे पनि भारतले सहमति दिएको थिएन ।

Categorized in कृषि-पर्यटन