STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक २९, मंगलबार

द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हातपारेका छन् । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकाथिए । वि.के सुनचांदि पसल चौथो संस्करणका उपविजेता पनि हुन ।

विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य “आस्था”, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । विजेताले रु ३०,०००।–तथा उपविजेताले रु १५,०००।– प्राप्त गरेकाथिए ।

सोहीदिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हातपारेका छन । त्यहिदिन महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिचभएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी बन्न सफलभए ।

यही कात्तिक १९ गते र २६ गते शनिबार सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा वि.के सुन चांदिका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गरे । त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएकाथिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका  रेक्सन राजकर्णिकार भएकाथिए ।

Categorized in साहित्य-कला