STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पशुबली न्यूनीकरण सचेतना बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गर्नुभएको छ । हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ । धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली हुन दिन नहुने आवाज उठ्न थालेको छ । पशु कल्याण सङ्घ एवं स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले हाल मौजुदा नियम कानूनले पशुको अधिकार संरक्षण गर्न नसकेका कारण पशु कल्याण ऐन ल्याउनुपर्ने बताउनुभयो । धर्म संस्कृतिका आधारमा मन्दिर परिसरमा हुने काटमारले सम्बन्धित क्षेत्रका मानिसको र समाजको सभ्यतामा आँच आउने उहाँको भनाइ छ । हिन्दू धर्मलाई वेदकालभन्दा पनि अगाडि अस्तित्वमा रहेको मानिन्छ । वैदिककाल र वेदहरूको रचनाको काल अलग–अलग मानिएको छ । हिन्दू धर्मशास्त्रमा हिंसालाई कहीँ पनि महत्व दिइएको छैन । हिंसाबारे शास्त्रमा लामो व्याख्या छ । पशुबली भनेको पशुताको बली हो । मानिसमा विश्वशक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पाशविक गुणहरु हटाउँदै जाने विश्वास जोडिएको छ । त्यसैगरी इस्लाम धर्ममा पनि हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्व दिइएको छ । मानिसमा आउने गलत विचार तथा दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक शिक्षाको खाँचो छ । एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले पशुलाई पनि पीडा र खुशीको बोध गराउनका लागि पशु अधिकारको रक्षा हुनुपर्ने विचार व्यक्त गर्दै पशुकल्याणका लागि ऐन ल्याउनुपर्ने बताउनुभयो । पशुप्रति हुने कुनै पनि किसिमको दुव्र्यवहार घटाउनका लागि पशु कल्याणको अवधारणालाई सर्वसाधरण मानिसले बुझ्न जरुरी छ । पशु कल्याणको सवलीकरणका लागि सरकार तथा गैरसरकारी क्षेत्रको सहकार्य र भूमिका महत्वपूर्ण हुने मानिएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्णचन्द्र पौडेलले पशुपक्षी र मानवबीच सकारात्मक सम्बन्ध विकास गर्न जरुरी रहेको बताउनुभयो । अधिवक्ता पद्मप्रसाद श्रेष्ठले मन्दिरमा हुने पशुबलीको अन्त्य गर्नपुर्ने भएकाले पशु ढुवानी मापदण्ड–२०६४ ले पशु कल्याणसम्बन्धी कार्य गर्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पशुप्रति गरिने दुव्र्यवहारलाई अब बन्ने कानूनमा मानवीय अपराधसरह दण्ड सजायको व्यवस्था हुनुपर्छ । ऐनमा पशुको कल्याणका साथै उपभोक्ताको हितमा व्यवस्था गरिनुपर्ने देखिएको उहाँको भनाइ छ । पशु चिकित्सा परिषद्का रजिष्ट्रार नारायणप्रसाद घिमिरेले भन्नुभयो, “मन्दिरमा हुने हिंसाले केही मानिसलाई सूक्ष्मरूपमा हिंसा पुगेको हुन्छ, कसैलाई चोट पु¥याउँदा पनि हिंसा हुन्छ, चित्त दुःखाउँदा, दुःख दिँदा हिंसा हुन्छ ।”पशु सेवा विभागका अनुसार व्यवस्थित वधशाला र स्वस्थ मासु उपभोगको अवस्थामा सुधार ल्याउनका लागि पशुपक्षी बधशालाको प्रभावकारी व्यवस्था गरिने भएको छ । स्थानीय तह, प्रदेश र सङ्घको सहकार्यमा त्यो काम अघि बढाउने योजना विभागको छ ।
Categorized in विचार