STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पशुपति देवपाटनको देशउद्धार जात्रा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

काठमाडौं– पशुपति देवपाटनमा विभिन्न जातिले संयुक्त रुपमा मनाउँदै आएको देशउद्धार जात्रा (फेताः जात्रा) यो वर्ष स्थगित भएको छ । जात्रा चलाउँदै आएको गुठीले दिएको जानकारीअनुसार पशुपति विकास कोषले जात्रा सञ्चालनको लागि रहेको गुठीको जग्गा अधिकरण गरेको र अधिकरणपछि दिनुपर्ने मुआब्जा नदिएकोले उक्त जात्रा स्थगित गरिएको हो । सात वर्षअघि निजी गुठीको रुपमा रहेको जात्रा–गुठीको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिकरण गरेको थियो । यही चैत ८ गते उक्त जात्रा हुन लागेको हो भने गुठीयारहरुले जग्गाको मुआब्जा अहिलेसम्म उपलब्ध नगराएकोले यो वर्ष जात्रा नगर्ने निर्णय गरेका हुन् । गुठीका एकजना गुठीयार जलद वैद्यले पशुपति विकास कोषले नेवारहरुको संस्कृति, सम्पदा मास्ने काम गरिरहेको आरोप पनि लगाएका छन् । जात्राको गुठीमा ब्राह्मण, क्षत्रि, वैश्य, शूद्रलगायत नेवार समुदायका वैद्य, भण्डारी, शाक्य र श्रेष्ठ जाति समावेश छन् ।
Categorized in उपत्यका