STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपति क्षेत्रमा वृक्षरोपण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार

पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुँदै कोषका सदस्य–सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा यस वर्ष कम्तीमा १० हजार बिरुवा रोप्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कोषले देशका महत्वपूर्ण धार्मिकस्थलमा रहेको खाली जग्गामा पनि वृक्षरोपण गरी बगैँचा बनाउने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । “पहिलो चरणमा सात प्रदेशका एक÷एक धार्मिकस्थलमा नमूना बगैँचा बनाउने कार्यक्रम छ, त्यसपछि यो अभियानलाई देशव्यापी बनाइनेछ”, सदस्य–सचिव डा ढकालले भन्नुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्राकृतिक रुपमा बाँचिरहेका जीवजन्तुको बासस्थान संरक्षणका लागि पनि वन जङ्गल जोगाउनुुपर्नेमा जोड दिनुभयो । कोषका निर्देशक भोला सिटौलाले साउन महीनाभर पशुपति क्षेत्रमा वृक्षरोपण जारी रहने जानकारी गराउनुभयो । जिल्ला वन कार्यालयको चाल्नाखेल नर्सरीबाट प्राप्त कपूर, असारे, लप्सी, कल्की, अमला, अम्बा, मयूरपङ्खी धूपी, चाँप, देवदार, रुखकमल, पैयुँ, स्वामी, चिलाउने, बाँस, निगालो, हर्रो, बर्रो, जामुन, चिउरी, मयल, नासपाती, आँप, वर, पीपल, डुम्री, काउलो, बेलपत्र, शिरिष, कटहर, रुद्राक्ष, जटामसी, नीम, बोकाइनो, सुपारी, तेजपत्ता, सुगन्ध कोकिलालगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय