STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पल शाहले पाए सफाइ, भोलि जेलबाट छुट्ने

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १४, आइतबार

काठमाडौं - नाबालिग जबर्जस्तीकरणी आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पलले पूर्ण सफाइ पाएका छन् । साथै, पल भोलि नै रिहा हुने पनि उनको भनाइ छ ।

नाबालिगमाथि जर्बजस्तीकरणी गरेको भन्दै पलविरुद्ध गएको वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरीको ४ दिनपछि २०७८ फागुन १५ गते पल आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका थिए । त्यसयता पल जेलमा रहेका छन् ।

बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपरासी पूर्वले पललाई साढे २ वर्ष कैदसहित पीडितलाई १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो । अदालतको उक्त फैसलाविरुद्ध दुवै पक्ष (सरकारी वकिल र पल शाह पक्ष) ले उच्च अदालतमा पुनरावेदन दिएका थिए । तर, जिल्ला अदालत तनहुँले भने पललाई सफाइ दिएको थियो ।

तनहुँबाट सफाइ पाए पनि जिल्ला अदालत नवलपरासी पूर्वको फैसलाबमोजिम पलले जेल जीवन भोगिरहेका थिए । तर, आइतबार उच्च अदालत पोखराले पललाई सफाइ दिएको छ ।

Categorized in सिनेमा