STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पर्यटन वर्षलाई लक्षित गर्दै महामहोत्सव

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १७, आइतबार

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो । पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिनुभयो । समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको रु २५ लाख सहयोग रहने र बाँकी रकम गाउँपालिका व्यहोर्ने उहाँले बताउनुभयो । महोत्सवमा विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने जनाएको छ । बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ । यसका साथै जिल्लाका अन्य स्थानका पनि धार्मिक तथा पर्यटकीय स्थानको पनि तस्वीर प्रदर्शनीमा राखिने जनाइएको छ । लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा हुने महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।
Categorized in सिनेमा