STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २३, मंगलबार

जाकार्ता, २३ माघ (सिन्ह्वा) ः इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । सो क्षेत्रमा मङ्गलबार गएको पहिरोमा परी मारिएका व्यक्तिको पहिचान भने भएको छैन । मृत्यु हुनेमा विदेशी पर्यटक पनि हुनसक्ने अनुमान गरिएको यहाँको पर्यटन विभागले जानकारी दिएको छ । पहिरोपछि थप प्रकोपको सम्भावनायुक्त चेतावनी दिइएका कारण सयाँैको संख्याका सर्वसाधारण त्यहाँबाट भागेका प्रकोप नियन्त्रण निकायले जनाएको छ । इन्डोनेसियामा भारी वर्षा र त्यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले सताउने गरेको पाइन्छ ।

Categorized in राष्ट्रिय