STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

परिवर्तनको कलाकार टोली बारा र पर्सा प्रस्थान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ३०, बुधबार

कोभिडको प्रकोप न्युन भएसगै बारा र पर्सामा नाटक मन्चन र वृतचित्र छायॉकनका लागि परिबर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा एउटा टोली भाद्र ३० गते काठमान्डुबाट प्रस्थान गरेकोछ ।

पशु कल्याणका लागि सार्थक अभियान को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएकोछ ।टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे,प्रल्हाद खरेल ,राधा श्रेष्ठ,जे बी डिसी,शान्ता र जगत रहेका छन् ।

टोलीले स्थानिय संचारकर्मी एवं स्थानिय बाशिन्दासंग पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया पनि गर्ने कुरा टोलीका सदस्य विश्वदीप घिमिरेले बताएका छन ।

यस अघि यही टोलीले काठमान्डु र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मन्चन गरिसकेको छ ।

Categorized in साहित्य-कला