STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पपुवा न्युगिनीसँग नेपाल क्लिन स्वीप

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १२, शनिबार

त्रिवि मैदानमा शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ । शनिबारको खेल हारेसँगै नेपाल आफ्नै भूमिमा पपुवा न्युगिनीसँग २ खेलको शृंखलामा क्लिन स्वीप भएको छ । शुक्रबार ६ रनले पराजित भएको नेपाल शनिबार ३ विकेटले पराजित भयो ।

त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतक र दोस्रो खेल खेलिरहेका देव खनालको अर्धशतकका सहयोगमा ८ विकेटमा २७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर २८३ रन बनायो ।

पपुवा न्युगिनीको जितमा लिगा सिकाले ९० र रिले हकुरेले नटआउट ४८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए। एक ओभरमात्र बलिङ गरेको गुल्सन झाले २० रन दिएका थिए । शनिबार त्रिवि मैदानमा नेपालका बलरले अनियन्त्रित रुपमा रन लुटाएपछि नेपाल शृंखलामा क्लीन स्वीप भएको हो ।

हालै यूएईमा सम्पन्न विश्वकप क्रिकेट लिग २ मा नेपालले पीएनजीलाई दुबै खेलमा पराजित गरेको थियो । तर, घरेलु भूमिमा भने दुबै खेलमा पराजित भयो । अब नेपालले पीएनजी र मलेसियासमेत सहभागी हुने त्रिदेशीय टी–२० शृंखला खेल्नेछ । 

Categorized in खेलकुद