STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पपगायक दीपक वज्राचार्य सेल्फ क्वारेन्टाइनमा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– अष्ट्रेलियाबाट नेपाल फर्किएका पप गायक दीपक वज्राचार्य र उनको सांगीतिक समूहका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्नै प्रोजेक्टको रुपमा रहेको ‘मेरो घर’ नामक घरमा उनीहरु क्वारेन्टाइनमा बसेका छन् । वज्राचार्यले आफ्नो फेसबुकबाट आफूहरु क्वारेन्टाइन बसेको कुरा सार्वजनिक गरेका हुन् । आफूहरु अष्ट्रेलिया बसुन्जेल संक्रमणबाट बच्नको लागि सम्पूर्ण सतर्कता अपनाएको भए पनि नियम र कानुनको पालना गरी १४ दिनको लागि क्वारेन्टाइनमा बसेको, आफूलगायत आफ्ना साथीहरु स्वस्थ रहेको जानकारी वज्राचार्यले दिएका छन् । सांस्कृतिक कार्यक्रमको क्रममा केही दिनअघि उनीहरु अष्ट्रेलिया पुगेका थिए भने बिहीबार (चैत ६ गते) दिउँसो ४ बजे नेपाल फर्किएका हुन् । नेपाल फर्किएलगत्तै उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
Categorized in सिनेमा