STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार शर्माको अन्त्येष्टि

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो । तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान जोना का अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ लोकदोहोरी कलाकारसमेत हुनुहुन्थ्यो । उहाँकी श्रीमती र एक छोरा हुनुहुन्छ । पार्थिव शरीरमा उहाँका बुुबा ईश्वरीप्रसाद घिमिरे र श्रीमती सिर्जनाले दागबत्ती दिनुभएको थियो । शर्माको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य पम्फा भूषालले पार्टीको झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जलि दिन कृषिमन्त्री चक्रपाणि खनाल, प्रतिनिधिसभाका सांसद् नवराज सिलवाल, प्रदेश नं। ३ प्रदेशसभा सदस्य राजकाजी महर्जन, पूर्व सांसद् सुशीला नेपाल, नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रवन्धक ओपेन्द्र शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, पत्रकार बलराम थापा, गगन विष्टलगायत पत्रकार तथा लोकदोहोरीका कलाकारहरु पशुपति आर्यघाट पुग्नु भएको थियो ।
Categorized in अपराध-दुर्घटना