STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पत्रकार विक्रम शाक्य रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १५, बिहिबार

काठमाडौं – ललितपुरका क्रियाशील पत्रकार विक्रम शाक्यको देहावसान भएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुर शाखाका पूर्वसचिव पत्रकार शाक्यको बुधबार राति १ बजे काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो ।

पाटन नःबहाःस्थित पद्मावतीका पत्रकार शाक्यले रत्नाकर महाविहारको संक्षिप्त परिचयको पुस्तक निकाल्नु भएको छ । उनले प्रकाशित प्रथम रचना ललितपुरको सात ढुङ्गेधारा ‘विश्वभूमि’ पत्रिकामा प्रकाशन भएको थियो । त्यसपश्चात् उहाँले थुप्रै समसामयिक लेख, रचनाहरु प्रकाशन गर्दैआउनुभएको थियो ।

पत्रकार शाक्य नेपालभाषा साहित्य तथा समाजसेवामा सक्रिय रुपमा लागेका व्यक्तित्व हुन् । उहाँले ‘थपू’ मासिक पत्रिकाको सम्पादन गर्नुको साथै मेट्रो एफएममा कार्यक्रम सञ्चालकको रुपमा कार्य पनि गरिसक्नुभएको थियो । उहाँले भिंतुना सच्छि’ नामक एफएममा कार्यक्रम सञ्चालकको रुपमा कार्य गरिसक्नुभएको थियो ।

Categorized in व्यक्तित्व