STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १३, आइतबार

पछिल्लो २४ घण्टामा एक हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्या‌कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय संक्रमित छन् ।

त्यस्तै आज दुई हजार दुई सय २२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६ सय ९० जना मृत्यु भैसकेका छन् ।

यस्तै संक्रमितमध्ये आईसीयूमा ६ सय १५, भेन्टिलेटरमा १ सय ७४, होम आइसोलेशनमा ३३ हजार ८ सय ३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३ सय ४६ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Categorized in स्वास्थ्य-मौसम