STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पक्राउ परेकाको रिहाइ माग्दै खोकनामा मसाल जुलुस

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै मंगलबार साँझ खोकनामा मसाल जुलुस निकालिएको छ । स्थानीय सम्पदाप्रेमीको पहलमा निकालिएको मसाल जुलुसले हिरासतमा रहेकाहरुको रिहाइको माग गर्दै नाराबाजी पनि गरेका थिए । त्यही साँझ भएको एउटा कोणसभामा पक्राउ परेकाहरुको सम्बन्धमा नेपाल सांस्कृतिक पुनर्जागरण अभियान खोकनाका अध्यक्ष दुर्गाराम महर्जनले मन्तव्य राखेका थिए । पक्राउ परेकाहरुलाई प्रशासनले मनपरी आरोपका गलत नियोजनले हिरासतमा राखेकोले उनीहरुको रिहाइको लागि सम्पूर्ण स्थानीय एक हुन महर्जनले खोकनाबासीमा आह्वान गरेका थिए ।
Categorized in उपत्यका