STC 810x100 adv
Swasthya Mantralaya

न्युयोर्कमा नेपालसम्बत र म्ह पूजा मनाइयो

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २४, बुधबार

न्युयोर्क नेवा गुठीले विगत झैं यस पटक पनि विशेष कार्यक्रमको साथ नेपालसम्बत ११४२ र म्ह पूजा एकै साथ भव्य रुपमा मनाइयो । नेवार समुदायको महान पर्व नेपालसम्बत र म्ह पुजाको यो बिशेष दिनमा न्युयोर्कको ज्याक्सन हाइटमा नेवार समुदाय विहानै भेला भई रातो टीका लगाई उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । उक्त अवसरमा उपस्थित सबै जना भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो ।

गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरि आयोजित कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका काउन्सिलर गणेशप्रसाद अधिकारीले नया वर्ष ११४२ को अवसरमा सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले नेपालसम्बत नेपालको मौलिक सम्बत भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै नेवा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, गुठीका सस्थापक एवं सल्लाहकार विके नेवा, लोककवि राजभाइ जकमी, नेवाः नखःका उपाध्यक्ष महेन्द्र बज्राचार्य, माइकल मियन्कोले शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीहरु नेवाः बाजागाजाका साथ नाच्दै नगर परिक्रमा गरेका थिए ।

गुठीका महासचिव सन्तोष महर्जनद्धार सञ्चालित कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । गुठीले विहानी कार्यक्रमपछि साँझ नेवार परम्परा अनुसार सामूहिक म्ह पूजा आयोजना पनि गरेको थियो ।म्ह पूजासंगै सामूहिक नेवाः भोज पनि समेत आयोजना गरिएको थियो । म्ह पूजामा फिफनाका अध्यक्ष लोक चेम्जोङले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सफल बनाउनमा योगदान पुर्‍याउने गुठीका निवर्तमान र वर्तमान पदाधिकारीहरु, सहयोगीहरुलाई नेवा गुठीका संस्थापक एवं सल्लाहकार बीके नेवा, गुठीका भूपू अध्यक्ष आदित्य महर्जन र धर्मेन्द्र गोपालीले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा गुठीले लोककवि राजभाइ जकमीलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुठी कार्य समितिका सदस्य सजना महर्जनले  स्वागत मन्तव्य दिएका राखेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय
kmc sujib