STC 810x100 adv
janswastha 11 11 78

न्यायाधीशले १० करोड घुस डिल गरेकाे अडियो सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ८, बुधबार

काठमाडौं - नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि  कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक डाकेका छन् ।

बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएकाे छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा व्यक्त गरेका छन् ।

पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।अधिवक्ता पोखरेल खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

Categorized in राजनीति
Newa Online Adv