relans
ni new 83
nib 2082 5

नौलो डिजिटलमा “निष्ठुरी नसम्झ”

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ ११, मंगलबार

अमेरिकाबाट सन्चालन मा आइरहेको युट्युब च्यानल “नौलो डीजीटल”  मार्फत   गीतकार रीमा श्रेष्ठको मीठो शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा सजिएको नयाँ गीत “निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यसमा   दर्जनौं लोकप्रिय गीतमा संगीत भरी सक्नु भएका संगीतकार- अम्बर तुमबापो सुब्बा जीको संगीत रहेको छ भने संगीत संयोजन रिदम कँडेलले गर्नु भएको छ।  

तीन दशक जति आफ्नो जीवन अमेरिकामा बिताई सक्दा पनि तन,मन अनि वचनले नेपाली हुँ भन्ने उदाहरण दिन नेपाली सांगीतिक आकाशमा उदाउॅंदै गर्नु भएकी रीमा श्रेष्ठ आफ्नो पेशाले आई. टि. म्यानेजमेन्टमा रहेपनि नेपाली सांगितिक उचाईमा एउटा ईंटा थप्ने शुभ काम गर्न खोज्दै एउटा “अधुरो सपना” नामक गीति एल्बम पनि बजारमा ल्याउॅंदै हुनुहुन्छ।

येलेन मगरको छायांकनमा रहेको यस म्युजिक भिडियोलाई निर्देशक एकान्त मगरले निर्देशन गर्नु भएको छ ।  नौलो  डिजिटल युट्युबमा सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा गायक कर्ण वीर स्वयम् र मनिषा कार्कीले मोडलिङ गर्नु भएको छ। कर्ण वीर आफैमा एक असल गायक, गीतकार र मोडल पनि हुनु हुन्छ।

महान संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार अनुप रेग्मी र येदिन गजमेरहरू संग पनि काम गरि सक्नु भएकी रीमा श्रेष्ठ, अन्य एल्बम र गीतमा पनि काम गरि राख्नु भएको छ।

 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला
ppp 2