STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवा : मौलिक परम्परा पालना गर्दै प्रेम प्रसंग देखाइएको भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष १९, मंगलबार

नेपालभाषाको नयाँ म्युजिक भिडियो  “ हाय रत्न जिगु मन ” सार्वजनिक भएको छ  ।  हालैमात्र  युत्युव मार्फत सार्वजनिक भएको यो नयाँ गीतका रचनाकार बिनोद हृदय शक्य हुन् । संगीतकार सुरेन मान शाक्यद्वारा संगीतबद्ध यस युगल गीतमा  सुमन मानन्धर र   सुरेन मान शाक्य ले स्वर दिएका छन्  । 

यस गीतको म्युजिक भिडियोमा   प्रेम प्रसंग संगसंगै नेवा : मौलिक परम्परा र सांस्कृतिक पक्षलाइ जोड्दै गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीत संगीतको माध्यमबाट मनोरंजन दिने यो गीत निकै रमाइलो छ । यो म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी आराध्य लक्ष्मी खडगी ले गरेकि छिन् भने  कलाकारको मुख्य भूमिकामा पनि अभिनेत्री आराध्या लक्ष्मी खड्गीले अभिनय गरेकी छिन । 

आराध्य का साथमा नेवाः म्युजिक भिडियो जगतका लोकप्रिय मोडल सुरज नापित को जोडी रहेको छ भने साथमा जेसिका श्रेष्ठ ,अनुषा मानन्धर ,उजेंन मानन्धर ,संघ्या श्रेष्ठ ,रेहाना मानन्धर ,सम्रिद्दी श्रेष्ठ  , सक्षम् मानन्धर जयसोन श्रेष्ठ र  जस्मी श्रेष्ठ ले यस म्युजिक भिडियोमा अभिनय गरेका छन् ।  बिनोद मानन्धरको  प्रोडक्सन मेनेजमेन्ट रहेको यस भिडियो का   सिनेमेटोग्राफर र सम्पादक सोहन मानन्धर हुन् ।

Categorized in साहित्य-कला