STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः सुपर स्टार घोषणा गर्दै टोकियोमा नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ भव्य रुपमा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १६, मंगलबार

जापानको टोकियोमा आयोजित नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ उल्लेख्य जापानीहरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ ।

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा आयोजित पहिलो नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ मा नेवारी खाना र संस्कृति झल्कने नेवार भेषभूषा, कुमारी, लाखे, चर्यानाचका साथै विभिन्न गीत र नृत्य प्रस्तुत गर्दा टोकियोको कार्यक्रम स्थल इकेगामि काईकान हल नेपालमय बनेको थियो ।

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको संयोजक सुनिलकुमार शाक्यको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिमा जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणा, बिशेष अतिथिहरुमा भूतपूर्व नेपालस्थित जापानी राजदूत मासायुकी कोजिमा, जापान नेपाल संघका अध्यक्ष योशिनागा हिदेआकी, बिद्यालयका प्रा.डा. केशवलाल महर्जन, गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष देविलाल भण्डारी, हाजिमेज्युकु स्कुलका मासाहिरो वादा, नेपालबाट सहभागी हुनु भएका नेवाः जागरण मंचका अध्यक्ष सुजिव बज्राचार्य एवं नेवाः जागरण मञ्च संयोजन समितिका सदस्यहरु निरञ्जनरत्न शाक्य र मचाराजा महर्जन तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जापानीहरु बीचमा नेवार समुदायको खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हूदँको उपलक्ष्यमा नेवाः फुड फेस्टिभल २०१८ सम्पन्न भएको हो । जापानीहरुको उल्लेख्य सहभागि रहेको हुनाले यसपालिको नेवाः नसाः नखः रोचक एवंम जापानीहरुको बीचमा नेवार र संस्कृतिको राम्रो छाप बसेको कुराको जानकारी आयोजक कमिटिका प्रतिनिधि मासाहिरो यामाकावा ‘ब्याँचा दाई’ले बताउनु भएको छ ।

यसपालीको नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ बिदेशमा पहिलो पटक आयोजना गरिएको हुनाले ऐतिहासिक रहेको वर्ल्ड नेवाः अर्गनाईजेशनले जनाएको छ ।

नेवार भेषभुषामा दर्जनौं नेपाली तथा जापानीहरुको सहभागि साथै नेपाली तथा जापानी कलाकारहरुद्धारा नेवार गीत तथा नृत्यहरु प्रस्तुत गरिएको सो महोत्सवमा धिमे र भुस्याः बाजाले सहभागी जापानी तथा नेपालीहरुलाई छमछमी नचाउन सफल भएका थिए ।

नेपाली तथा जापानीहरु नेवार पोशाकमा सजिएर सहभागी भएका थिए । जापानमा पनि नेवार परिकारहरु खान पाईने, साथीभाईसँग भेट हुने र नेवार गीत संगीतमा रम्न पाउने यस्तो रमाईलो अवसर प्रत्यक वर्ष गर्नु पर्नेमा सहभागिहरु बताउँछन् । त्यस्तै नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ को उपलक्षमा नेवाः सुपर स्टार पुरस्कार घोषणा गरेको छ । साथै उक्त नेवाः नसा नखःमा प्रमुख अतिथि राजदूत प्रतिभा राणाको हातबाट नेपालजापान न्यूज डटकमको पनि उद्घाटन भएको थियो ।

नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एक मुस्त एक लाख रुपैंयाको हुनेछ िप्रत्यक वर्ष एक जना नेवाः सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिइने छ ।

नेपालभाषा कला संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा एक आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा भएको हो ।

यस अभियानलाई सफल तुल्याउन संसार भरका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न संस्थाका संयोजक सुनिल कुमार शाक्यले आव्हान गरेको छ ।

नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८, नेपाली राजदूतावास टोकियो, नेपाल पर्यटन बोर्ड नेपाल, एन आर एन जापान, नेवाः जागरण मंच जापान, नेवाः गुथि जापान र नेवाः अन्तर्राष्ट्रिय फोरम जापानको सहकार्यमा जनवरी २८ तारेख आइतबारका दिन टोकियोस्थित इकेगामि काईकान हलमा सयौं जापानीहरुको सहभागितामा भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको हो ।

Categorized in राष्ट्रिय