STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः विद्यार्थी युनियनले बहुभाषिक शिक्षामा जाेड दिँदै शिक्षामन्त्री राईलाई बुझाए ज्ञापन पत्र

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २५, शनिबार

नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनले प्राथमिक तहका साथै कक्षा १२ सम्म स्कूलहरुमा नेपाल भाषा अध्ययन अध्यापनको व्यवस्था गराअोस् भन्ने मागसहित शिक्षामन्त्री अशोक राईलाई उनकै निवास शंखमुलमा भेटेर बुधबार ज्ञापन पत्र बुझाएका छन् ।

नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, सदस्य सुमित रञ्जित र श्रीजनमान श्रेष्ठले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालको नयाँ संविधानमा मातृभाषा शिक्षाको अधिकार दिइएता पनि संविधान लागू भएको आठ वर्ष पूरा भई आजसम्म ब्यवहारमा नआएको कुरा उल्लेख छ ।

नेपाल सरकारले नै निर्माण गरेको भाषा आयोगले २०७४, २०७५ र २०७६ सालमा कक्षा १ देखि ८ सम्म र माथिल्लो तहमा मातृभाषाको माध्यम र विषय अनुसार अनिवार्य पठनपाठन गरेर लैजाने भनेर पनि सिफारिस गरेको छ । तर भाषा आयोगको सिफारिसलाई सरकारले आजसम्म लागू नगरेको बुँदा पनि समेटिएको छ ।

खस भाषाको शिक्षामा मात्र राज्यको ढुकुटी खन्याउने तर नेपालभाषाको स्कुलमा दुुई चार जना नेवार भाषाको आन्दोलनमा काम गर्दै आएकाहरुको आआफ्नो खल्तिबाट मात्रै खर्च गरेर मात्र सम्भव नहुने कुरा उल्लेख छ ।

नेपालभाषाभाषीको क्षेत्रलाई वा नेवाः बस्तीको सरकारी र सामुदायिक साथै प्राइभेट, बोर्डिङ लगायत सम्पूर्ण विद्यालयहरुमा हाललाई मातृभाषा नेपालभाषा एउटा विषय भएता पनि अनिवार्य पढाउने व्यवस्था तत्काल लागु गरेर नेवार बालबालिकाहरुलाई मातृभाषाले शिक्षाको अवसर प्राप्त गर्ने अवसरको व्यवस्था गरियोस् भन्ने माग गरीएको छ ।

यो कुरा अहिले हामी नेवाः विद्यार्थी युनियनले उठाएको भएतापनि हामी नेपालभित्र बोलिने सम्पूर्ण राई, मगर, गुुरुङ, लिम्बुु, तामाङ, थारू, मैथिली, भोजपुरी सबै भाषाभाषीहरुलाई पनि मातृभाषाको शिक्षाको अवसर प्राप्त होस् भन्ने माग राखेको छ ।

माननीय शिक्षा मन्त्री अशोक राई स्वयम् पनि एक उपेक्षित भुक्तभोगी भाषिक व्यक्ति भएको कारणले नेपालका सबै उपेक्षित जाति भाषाभाषी जनताको दुखः र पीडा बुझेकै हुनुपर्छ भन्ने  विश्वास व्यक्त गर्दै उनको कार्यकाल अवधिभित्रै मातृभाषा माध्यममा शिक्षाको व्यवस्था लागूू गर्ने कार्यमा यहाँ गम्भीरतापुूर्वक लाग्नु हुनेछ भन्ने  विश्वास गरिएको छ ।

यसका अलावा उच्च शिक्षा अध्ययन तथा अध्यापन कार्यमा पनि नेपाल भाषाको पढाईमा भइरहेको चुनौति र समस्याहरुको समाधानका लागि पनि यहाँबाट आवश्यक कदम चाल्नु हुुनेछ भन्ने हामीले विश्वास गरेका छौं । माननीय शिक्षा मन्त्री अशोक राईको आफ्नो कार्यकालमा प्राथमिकदेखि उच्चमाध्यामिक र विश्वविद्यालय तहमा पनि मातृभाषाको माध्यममा शिक्षाको शुलभ उपलब्धता गराउन आवश्यक कदम चाल्ने अपेक्षा राखेको छ ।

 नेपालका आदिबासी जनजातिहरुलाई राज्यबाट धोका दिने र निराश गराउने कार्य हुुने छैन तथा शिक्षा मन्त्रीज्यूूबाट आफ्नो कार्यकालमै यस ऐतिहासिक दायित्व पूरा हुने तथा नेपालको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरबाट लेखिनेछ भन्ने आशा गर्दै  ज्ञापन पत्र हस्तान्तरण गरिएको छ ।

Categorized in शिक्षा