relans
ni new 83
nib 2082 5

नेवाः डान्स कम्पिटिशनमा अग्रिया सिंह उत्कृष्ट ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ १६, सोमबार

काठमाडौंको बसन्तपुरमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता ने सं ११४३’ को उपाधि अग्रिया सिंहले जितेकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको प्रतियोगिता जित्ने सिंहलाई प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ ।

विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो । नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले चालिस प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् ।

बसन्तपुरको कुमारी घरसँगैको दस अवतार डबलीमा सम्पन्न भएको अन्तिम चरणको कार्यक्रम अघि भक्तपुर, कीर्तिपुर, कान्तिपुर र ललितपुर गरी चार ठाउँमा अडिसन राउन्ड भएको थियो । माघ ७ गते चारै ठाउँमा एकैचोटी सम्पन्न भएको अडिसनबाट छनोट भएका ४२ जना प्रतियोगीहरुबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुँदा सिंहले उत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गरेकी हुन् ।

त्यस्तै रियाना मानन्धर दोस्रो हुँदै नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड पाएकी छन् र तेस्रो हुने सुजाता नकर्मीलाई पाँच हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप दुईदुई हजार नगदसहित शिल्ड प्रदान गरिएको छ । 

प्रतियोगितामा  निर्णायकहरुका तर्फबाट विशेष पुरस्कार सोहन शाही र रुमिका राईलाई दिइएको छ । उत्कृष्ट भेषभुषामा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा  श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारे ।

राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दसकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह मुख्य निर्णायकको भूमिका थिए । त्यस्तैगरी संगीत विशेषज्ञका रुपमा अमरराज शर्मा राजोपाध्याय, बालकृष्ण बंशी, जुगल डंगोल तथा गोबिन्द ह्युमत पनि नृत्य प्रतियोगिताका रुपमा रहेका थिए 

नृत्य क्षेत्रका सकृय व्यक्तित्व राजन शाहीको संयोजन रहेको प्रतियोगिताको फाइनल राउण्ड शनिवार  बिहान १० बजे सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म सम्पन्न भएको थियो ।

त्यसभन्दा अघि विभिन्न ठाउँमा माघ ७ गते शनिबार सम्पन्न भएको अडिसन राउण्डको काठमाडौंको अडिसनमा महेश हाडा र बालमुकुन्द प्रजापति , ललितपुर अडिसनमा अन्नपूर्णेश्वरी श्रेष्ठ र तिमिला गोपाली , कीर्तिपुर अडिसनमा सञ्जय शर्मा राजोपाध्याय र संगीता खड्गी र भक्तपुर अडिसनमा राकेश थापा र भोगेन्द्र मानन्धर निर्णायक रहेका थिए ।

Categorized in साहित्य-कला
ppp 2