STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेप्सेमा २१ अङ्कको वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१।२६ ले बढेर एक हजार ३४६।६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४।९९ विन्दुले बढेर २८६।७५ मा पुगेको छ । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०।६२ र जीवन बीमा १।०९ले घटेको छ । यस्तै बैंकिङ २७।०४, होटल ८।६६, विकास बैंक २८।३२, जलविद्युत् ३।०९, वित्त ४।१८, निर्वीवन बीमा १०१।५२, उत्पादन ४७।७८, अन्य ३।१६, लघुवित्त २२।१३ र सामूहिक लगानी कोष ०।०७ ले बढेको छ । नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एशिया बैंक रु छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । आज गरिमा विकास लघुवित्त ९।९३, नयाँ नेपाल लघुवित्त ९।८९, मिथिला लघुवित्त वित्तीय संस्था ९।८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८।८८, खानीखोला हाइड्रोपावर ७।१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७।०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४।७१, समता माइक्रोफाइनान्स ४।६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३।७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३।५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३।२७ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस