STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल १८ औँ स्थानमा

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स ९युएई० र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् । नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ ।
Categorized in खेलकुद