नेपाल सुनचाँदी महासंघद्वारा राहत वितरण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार
काठमाडौं – कोरोना भाइरस संक्रमण तथा रोकथामको लागि सरकारले लागु गरेको लकडाउनको समयमा सुनचाँदीका गहना बनाउने कालिगढ, कर्मचारी तथा मजदुरहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल सुनचाँदी महासंघको निर्णय अनुसार महामारी बढ्दै गइरहेको अवस्थामा यस व्यवसायमा आश्रित कालिगढ, कर्मचारी तथा मजदुरहरुलाई राहत वितरण गरेको थियो ।
घरदैलोमा नै पुगेर राहत वितरणको कामको लागि नेपाल सुनचाँदी महासंघ, काठमाडौं जिल्ला संघले बिहीबारट सुरु गरेको छ ।
Categorized in बिजनेस