relans
ni new 83
nib 2082 5

नेपाल संवत् सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो : सभामुख घिमिरे

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २९, बुधबार

काठमाडौँ -  सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायूको कामना गरेका छन् ।

“नेपाल संवत् कुनै जाति विशेषको मात्र नभएर सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो”, सभामुख घिमिरेको सन्देशमा उल्लेख छ ।

ऐतिहासिक मान्यता बोकेको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी उल्लेख गर्दै सभामुख घिमिरले हरेक मौलिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व रहेको उल्लेख गरे ।

Categorized in राजनीति
ppp 2