STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल र भारत मैत्रीपूर्ण फुटबल : १-१ गोलको बराबरी

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं - नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ । काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।

भारतले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी बनाएको थियो । खेलको ६० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

नेपालले गाेल गरेसँगै भारतविरुद्व ६ वर्ष लामाे गाेलकाे खडेरी ताेडिएकाे छ । दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।

Categorized in खेलकुद