relans
ni new 83
nib 2082 5

नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २१, बिहिबार

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा साढे ११ बजेपछि बैठक सुरु भएको हो।

बैठकमा सहभागी हुन नेपालपक्षका नेताहरु जम्मा भएका छन्। स्थायी कमिटी बैठकपछि सोही स्थानमा केन्द्रीय कमिटी बस्ने छ।

यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षले भने विज्ञप्ति जारी गर्दै नेपाल समूहको बैठक अनधिकृत भएकोले सहभागी नहुन भनेको छ ।

Categorized in राजनीति
ppp 2