STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल चार स्थान तल 

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो । 
 
चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ स्थानमा छ । त्यसैगरी श्रीलङ्का २०१ तथा पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम भने शीर्ष स्थानमा यथावत् नै छ । फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छ । 
Categorized in खेलकुद