STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल ओमानसँग ५ विकेटले पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २९, मंगलबार

पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएर खराब सुरुआत गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । 

मंगलबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर कप्तानको निर्णयलाई नेपाली ब्याट्सम्यानले न्याय गर्न सकेनन् । ओपनर आरिफ शेखले ९० रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालले ४७.४ ओभरमा १९६ रन बनाउँदा सबै विकेट गुमायो । 

ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर खेल्दै ५ विकेट गुमाएर भेट्टायो । सिंहले ६२ बल खेल्दै १२ चौका र ६ छक्का मद्दतमा १०७ रन बनाए । जतिन्द्रले खेलको पाँचौ ओभरमा नेपालका सोमपाल कामीलाई ३० रन प्रहार गरेका थिए । उक्त ओभरमा सोमपालले ३ चौका र ३ छक्का खर्चिए ।

यस्तै डेब्युटान्ट आयन खानले १८ रन जोडे । अर्का डेब्युटान्ट ओपनर सोएब खान ७ रन बनाएर चौथो ओभरमा आउट भएका थिए । तर जतिन्दर र आयनले दोस्रो विकेटका लागि ९१ रनको साझेदरी गरे । चौथो विकेटका लागि जतिन्दर र मोहम्मद नदिमले ४० रनको साझेदारी गरेका थिए । अघिल्लो खेलमा ८४ रन बनाएका कुशल शुन्य रनमा पवेलियन फर्किएका थिए । ज्ञानेन्द्रले २१ रन जोडे । 

बलिङमा नेपालका लागि कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । यस्तै २ विकेट लिएका करण केसीले ५ ओभरमा ५२ रन खर्चिए । सुशन भारीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर १ विकेट लिए ।

सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए । उनले शृंखला सुरु हुनुअघि पीएनजीविरुद्ध पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका थिए । तर, उनी घाइते हुनुको पीडा नेपाली टोलीमा खड्कियो ।  फिल्डिङका क्रममा घाइते भएकाले स्पीनर सन्दीप लामिछानेले बलिङ गरेनन् । सुशनले १० ओभरमा ४० रन दिएर एक विकेट लिए । ओमानका ओपनर जतेन्दरले नेपालका बलरलाई दबाबमा राखे । उनले १०७ रन बनाउनेक्रममा ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । जतेन्दरबाहेक शोएब खानले ७, आएन खानले १८, जीशन मक्सुदले ४,  र सुरज कुमारले २० रन बनाए ।  सन्दीप गौड शुन्य र माहेम्मद नादीम ३८ रनमा अविजित रहे। 

नेपालका लागि सुशनबाहेक कुशल मल्ल र करण केसीले समान २ विकेट लिए ।

 

सोमबार भएको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपालले सिरिजमा पहिलो हार बेहोरेको हो । ओडिआईमा ओमानसंग भने नेपालको यो लगातार तेस्रो हार हो । नेपाललाई हराएपछि लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ११ खेलबाट १८ अंक जोडेको छ । नेपाल ६ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।

Categorized in खेलकुद