STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल अफ्रिका फिल्म फेस्टिभलमा " प्रकाश ” सर्वोत्कृष्ट ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ २५, सोमबार

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा असार २३ देखि २५ असारसम्म गरी तीन दिन काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सम्पन्न भएको छ । यो महोत्सवको सोमबार भएको समापन  समारोहमा निर्देेशक दिनेश राउतको प्रकाश चलचित्र सर्वोत्कृष्ट कथानक चलचित्रको पुरस्कार जित्न सफल भएको छ । यसका साथै यसै चलचित्रबाट बिकास सुबेदी सर्वोत्कृष्ट लेखक र अलिस कार्की सर्वोत्कृष्ट संगीतकार अवार्ड जित्न सफल भएको छ ।

समापन समारोहमा प्रदान गरिएका अन्य अवार्डहरुमा "भाग्य ” नामक गितात्मक चलचित्र जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट चलचित्र बन्न सफल भएको छ भने यसै चलचित्रबाट सर्वोत्कृष्ट अभिनेत्री का रुपमा निता ढुंगाना, सह अभिनेताका रुपमा सुनिल कटुवाल र सर्वोत्कृष्ट निर्देेशक रोशन कुमार श्रेष्ठ र सर्वोत्कृष्ट चलचित्र का रुपमा पुरस्कृत भएका छन् । यस्तैगरी प्रेमगन्ज चलचित्रबाट तेज गिरी सर्वोत्कृष्ट अभिनेता र परिवार बाट बसुन्धरा भुसाल सर्वोत्कृष्ट सह अभिनेत्री अवार्ड जित्न सफल भएको छ ।

यो समारोहमा सर्वोत्कृष्ट शर्टफिल्म दुविधा र  विद्यार्थीहरुले बनाएका फिल्म मध्ये हवामाएन नामक चलचित्र सर्वोत्कृष्ट ठहरिएको छ ।

संगीतरत्नका रुपमा ख्यातिप्राप्त शम्भुजित बासकोटा प्रमुख अातिथ्यतामा सम्पन्न समारोहमा प्रदेश नं १ का सांसद मीना श्रेष्ठ, निर्माता संघका अध्यक्ष नवल खडका, निर्देेशक समाजका अध्यक्ष जनकदिप पराजुली, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल विशिष्ट अतिथीका रुपमा उपस्थित भएका थिए ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन का प्रमुख डा मन्जु मिश्रको सभापतित्वमा भएको समापन समारोहमा उनले ‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १२ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’  भन्ने उदगार व्यक्त गरिन् ।

यसपटक महोत्सबमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र चयन भएका छन् । यस्तै नेपालबाट १२ वटा चलचित्र तथा वृत्तचित्र चयन भएको  महोत्सव संयाेजक डब्बु क्षेत्रीले जानकारी दिए ।

Categorized in सिनेमा