STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा उत्साहजनक उपस्थिति

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र ९, शुक्रबार

बुधबारदेखि सुरु भएको नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण प्रति दर्शक र स्वतन्त्र चलचित्रकर्मिहरुको उत्साहजनक उपस्थिति देखिएको  छ। 

द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) को आयोजनामा भएको फेस्टिभल बुधबार साँझ काठमाडौंमा सुरु भएको हो। 

उद्घाटन समारोहमा विभिन्न अवार्ड समेत जितिसकेको मार्टीन म्याकडोनाग निर्देशित चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’ देखाइएको थियो । 

‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष सांस्कृतिक विविधताको उत्सव’ मूल नारा रहेको छ। यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा हो। अभिनेत्री उपासना सिंह ठकुरी चलचत्रि महोत्सवको यस संस्करणको दूत (एम्बास्डर) हुन्।

एम्बास्डर उपसानाले ईयू फिल्म फेस्टिभल नेपाली र युरोपेली चलचित्रहरू प्रदर्शन गर्ने र अन्तरसांस्कृतिक चलचित्र विविधतालाई प्रवर्द्धन गर्ने उत्कृष्ट मञ्च भएको बताइन्। 

त्यसैगरी उद्घाटन समारोहमा पुगेका अभिनेता धिरज मगरले युरोपेली चलचित्रलाई नेपालमा ल्याउनका लागि युरोपेली सङ्घको अभिन्न अंग रहेको र त्यसले सांस्कृतिक आदानप्रदानमा समेत सहयोग पुग्ने विचार राखे। 

महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्महरु देखाइनेछन्। साथै सर्ट नेपाली फिल्म समेत प्रदर्शन गरिनेछन्। यो फेस्टिभल काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा चैत १० गतेसम्म चल्नेछ। 

महोत्सव अप्रिल १० र ११ गते सुदुरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ। सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलचित्रहरु प्रदर्शित हुनेछन्। यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ जहाँ अप्रिल १५ मा चलचित्रहरू प्रदर्शन हुनेछन्। कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुनेछ।

Categorized in सिनेमा