STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली लोकबाजा प्रस्तुत

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २७, आइतबार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत गरेको छ । सङ्गीत प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा० र सांस्कृतिक संस्थानको सहकार्यमा २९८औँ पृथ्वीजयन्तीका अवसरमा आज लोप हुँदै गएका बाजाको संरक्षणका लागि लोकबाजा प्रस्तुत गरेको हो । कार्यक्रममा मङ्गल सोरठी, मैथिली सङ्गिनी धून, असारे, कौडा र नेवारी लोकभाका, धिमाल जातिको लोकधून, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली जातिको लोकधून, देउडा धून, पूर्वेली लोकलय र टुङ्नामा हेल्मो भाका प्रस्तुत गरिएको थियो । सङ्गीत प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न लोकबाजा प्रस्तुत गरिएको जानकारी दिनुभयो । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सङ्गीत प्रतिष्ठान सरकारसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ”, उहाँले भन्नुभयो । पूर्वसंस्कृतिमन्त्री कृपासुर शेर्पाले नेपाल भ्रमण वर्ष–२०२० मा धेरै पर्यटक भित्र्याउन नेपालका मूर्त तथा अमूर्त कला संस्कृतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नाफाका कुलपति केके कमाचार्य, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलगायतले नेपालका लोप हुन लागेको कलासंस्कृतिको संरक्षणका लागि सङ्गीत प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
Categorized in सिनेमा