STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली चलचित्र उद्योगले तान्नुपर्ने हालका चर्चित कलाकार मनोज महर्जन

Janjati Khabar – LALENDRA SHAKYA | २०८२ कार्तिक १३, बिहिबार

– ललेन्द्र शाक्य

जब साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापतिको फिल्म हेर्छु, नेपाली कलाकार मनोज महर्जनको याद ठ्याक्कै आउँदो रहेछ । किनकि, मेरो दृष्टिकोणमा विजय थलापति र मनोज महर्जनको मुहारमा समानता भएको महशुस गर्छु । 

साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापति एक्सन हिरो त भई नै हाल्यो, उसँग एक्सनका साथै अभिनय, नृत्य सम्पूर्ण प्रतिभा हामीले देख्दै आइरहेका छौं । 

यस्तै, नेपाली कलाकार मनोज महर्जनमा पनि अभिनय एवं नृत्यको गहिरो प्रतिभा हामीले देख्दै आइरहेका छौं । 

मनोज महर्जन यस कलाकारिता क्षेत्रमा आउनु भएको दशकौं भइसक्यो । उहाँ रंगमञ्चबाट यस क्षेत्रमा आउनु भएको हो । 

नेपाली संगीत जगतमा अति नै लोकप्रिय गीत “सालुगु गाचा सालेमते” नेपालभाषाको म्यूजिक भिडियोबाट चर्चित हुँदै ऐला लूवया, राधा, माया मदुला, मखंत्वाःया ग्वाः, हालै मात्र रिलिज भएको गालय् कोब्वात इत्यादी चर्चित म्यूजिक भिडियोमा अभिनय गर्दै नेपालभाषाको चलचित्र “तिबः”, “ख्याः वल” बाट पनि चर्चा कमाएका कलाकार मनोज महर्जनले थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । 

सामाजिक रुपमा प्रभावकारी परियोजनाहरुमा समेत सक्रियता जनाइरहेका मनोज महर्जनले थुप्रै रंगमञ्चीय नाटकहरुमा समेत आफ्नो प्रतिभा प्रष्फुटन गरिसकेका छन् । एक हिसाबले भन्नु पर्दा मनोज महर्जनले आफ्नो समुदायको पहिचानमा आधारित थुप्रै म्यूजिक भिडियो, नाटक एवं चलचित्रहरुमा आफ्नो कलाकारितालाई समर्पित गर्दै आइरहेका छन् । 

ललितपुरको ऐतिहासिक बस्ती खोकना निवासी मनोज महर्जनसँग कलाकारिता क्षेत्रमा निखारिएको अभिनय एवं नृत्यकला त छँदैछ । अबका दिनमा कलाकार मनोज महर्जनले द्वन्द्वकलादेखि एक्सन कला पनि सिक्नुपर्ने आवश्यकता भएको धारणा उहाँका शुभ–चिन्तकहरु बताउँछन् । यी सम्पूर्ण कलाबाट निपूणता पाई नेपालभाषा एवं नेपाली चलचित्र जगतमा प्रवेश गरेको खण्डमा मनोज महर्जन नेपालको विजय थलापतिको दोस्रो रुपमा परिचित हुने विषयमा दुईमत नहुने पनि उहाँका शुभ–चिन्तकहरुले धारणा व्यक्त गरेका छन् । अवश्य पनि नेपाली सुपरस्टार एक्सन नायकको उपाधि पाउन मनोज महर्जन सफल हुने पक्का भएको धारणा पनि राखेका छन् ।

मनोज महर्जनको कलाकारिता यात्रालाई नियाल्ने हो भने उहाँको हालको क्रियाकलापबाट प्रष्ट हुन्छ कि उहाँसँग भविष्य छ यस कलाकारिता क्षेत्रमा । यदि नेपाली चलचित्र निर्माण पक्षले मनोज महर्जनप्रति नजर अन्दाज गरेको खण्डमा अवश्य पनि नेपाली चलचित्र जगतमा नयाँ मोड ल्याउनमा मनोज महर्जन सफल हुन्छन् नै ।

हाल बच्चादेखि युवापुस्तासम्म एवं बृद्धबृद्धामाँझ समेत चर्चित कलाकार मनोज महर्जनलाई अबका दिनदेखि म्यूजिक भिडियोमा भन्दा पनि चलचित्र क्षेत्रमा तानिएको खण्डमा उहाँमा भएका बास्तविक अभिनय एवं कलाकारिता क्षमता उजागर हुनेछ । किनकि, मनोज महर्जन रंगमञ्चीय कलाकारिताबाट यस क्षेत्रमा पाईला टेकेका कलाकार हुन् ।

यदि पक्षपात विना निःस्वार्थ भावनाले नेपाली चलचित्र उद्योगले कलाकार मनोज महर्जनलाई स्वागत गरेको खण्डमा नेपाली चलचित्र जगतले सकारात्मक रुपमा ऐतिहासिक फन्को मार्ने विषयमा दुईमत देखिन्नँ । छोटो अवधिमै देश विदेशमा हँसिलो मुहार, निखारिएको अभियन एवं नृत्यकलाका कारण कलाकार मनोज महर्जन ऐतिहासिक रुपमा चर्चित भए । सायद हालसम्म मनोज महर्जनले जस्तै सफलता एवं लोकप्रियता कुनै कलाकारले हासिल गर्न सकेका छैनन् होला । 

प्रतिभावान् कलाकारको कदर गर्दै ती कलाकारको प्रतिभा प्रष्फुटन गराउनु चलचित्र उद्योगको दायित्व र कर्म हो । ती कलाकारहरुको प्रतिभा कहिल्यै ओझेलमा पार्नु हुन्नँ भन्ने भावनाले यदि चलचित्र उद्योगले त्यस्ता कलाकारलाई स्थान दिइयो भने चलचित्र जगतको भलो र कलाकार सम्मानित हुने विषय स्वयंसिद्ध तथ्य हो । यस स्वयंसिद्ध तथ्य सागरभित्र कलाकार मनोज महर्जन पनि तैरिन अगाडि देखिन्छ । चरम रुपमा मेहनत गर्दै आइरहनु भएको छ कलाकार मनोज । चलचित्र उद्योगको नजर मात्र परोस् मनोज महर्जन नेपालको सुपरस्टार स्थापित नायक हुनेमा कुनै शंका नै छैन ।

Categorized in सिनेमा