STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली गायकको जापानी गीत

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २३, शुक्रबार

जापानमा बस्दै आउनु भएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको एउटा जापानी गीत आइताकु नारु को म्युजिक भिडयो बिहिवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।  गायक गुरुङ स्वयंद्वा्रा रचित अनि संगीतबद्द यस गीतको छायाँकन भने नेपालका रमणीय स्थलहरुमा गरिएको छ । सुप्रसिद्द संगीतज्ञ नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उप कुलपति शम्भुजित बास्कोटाले प्रमुख अतिथीका रुपमा सो गीतको भिडयो सार्वजनिक गर्नु भएको थियो ।  वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयाेजना गरेको सो कार्यक्रमको सभापतित्व रामकृष्ण श्रेष्ठले गर्नु भएको थियो भने सो कार्यक्रममा सुप्रसिद्द गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा उहाँको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । 

आयाेजक रामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा  गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा  सम्झिरहेको बताउनुभएको छ । प्रमूख अतिथी बास्कोटाले संसारका धेरै  देश पसगिसकेको तर जापान  भने पुग्न बाँकी रहेको बताउँदै त्यहाँ को संगीतमा अलग्गै खालको मिठास रहेको बिचार व्यक्त गर्नु भयाे  । कार्यक्रममा सो गीतमा संलग्न कलाकार र प्राविधिकहरुका साथसाथै सन्चारकर्मिहरुलाई उहाँहरुले सो गीतलाई सहयोग गरे बापट मायाको चिनो प्रदान गरिएको थियो ।  संगीतकर्मि सुरेन्द्र श्रेष्ठको सुर मेलोडी स्टुडियोमा रेकर्ड गरिएको सो गीतको म्युजिक एरेन्ज दिपेश सिंहले गर्नु भएको हो । गीतमा गायक बज्र गुरुङका साथमा नायिका नम्रता सापकोटा लगायतको अभिनय रहेको छ भने कोरियोग्राफर निशिला शाक्य अनि छायाँकन र निर्देशन अमृत सुनवारको रहेको छ ।

Categorized in साहित्य-कला