STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो । त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।
Categorized in खेलकुद