STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दै

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २१, सोमबार

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध खेल्दै छ ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको बताए ।

सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउने उनले बताए । फाइनल खेलमा कुनै पनि दबाब नभएको भन्दै उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने दाबी गरे ।

बलर कमल सिंह ऐरीको स्वास्थ्य अवस्था छिटै ठिक भएर टिममा फर्कने उनको विश्वास थियो । त्यस्तै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पछिल्लो समय नेपाली क्रिकेट धेरै राम्रो भएको र आगामी दिनमा उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा पीएनजीका कप्तानले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि ध्यान केन्द्रित गर्ने बताए ।

Categorized in खेलकुद