STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले जित्यो त्रिदेशीय टी–२० शृंखला

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २१, सोमबार

काठमाडौं - नेपालले टी-२० त्रिदेशीय क्रिकेट शृंखला जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले पहिलो पटक टी-२० त्रिदेशीय शृंखला जितेको हो ।

नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको योगफल तयार पारेको थियो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रर्दशन गरे । ब्याटिङतर्फ नटआउट ५४ रन बनाएका दिपेन्द्रले बलिङमा पनि चार विकेट लिए । यस्तै करण केसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

पपुवा न्युगनीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याटरले उनलाई साथ नदिएपछि नेपालले सहजै उपाधि जितेको हो ।

यसअघि नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । यस्तै आसिफ शेखले २९ रनको योगदान दिँदा कुशल भुर्तेलले २५ रबनाए । आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । आदिल अन्सारीले १५ रन बनाए भने  विस्फोटक ब्याटिङ गरेका करण केसीले १२ बलमा ३३ रन बनाए ।

लिग चरणका चारै खेल जितेर नेपाल फाइनलमा पुगेको हो भने पपुपा न्युगिनी एक खेलमा जित हात पारेर मलेसियालाई रनरेटमा पाखा लागउँदै फाइनलमा पुगेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक शृंखला जितेको हो ।

Categorized in खेलकुद